एक पटक मलाई चरा वन्न मन छ (कविता)
चरा वन्न मन छ
हाँगै हाँगा डालि डालि रुखै रुख
चहार्न मन छ
घरि वल्लो डाँडा
घरि पल्लो डाँडा
निर्वन्ध
भुर्र उडन मन छ
किनकि
चराको कुनै सिमा हुदैन
न त कतै जान पासपोर्ट र भिसानै चाहिन्छ
चराहरु स्वच्छन्द हुन्छन
मान्छेले कोरेका देशका सिमाहरु
मान्छेले वनाएका भूगोलका विभाजनहरु
यी सव बेकाम छन
चराले भकारि भर्दैन
मात्र चुच्चोमा जति अटछ उति लिएर उडछ
चराहरु जमिन कव्जा गर्दैन
जहाँ जान्छन त्यहि रमाउछन
चराहरु वर पिपल माथि वसेर
चौतारिमा वसेर झगडा गर्दै गरेका मान्छेका
वादविवाद सुनेर हाँस्छन
चराहरु आकाशमा उडेर मान्छेले गरेको
प्रकृति विनास देखेर दुःखी हुन्छन
तर
मान्छे आफु छाँयामा वस्ने, रुख ढाल्न तम्सिन्छ
मान्छे वगिरहेको खोलालाई अन्तै मोडेर
वस्ति वसाउन तम्सिन्छ
आफ्नो स्वार्थमा मान्छे षडयन्त्र गर्छ
जो चराहरु गर्दैनन
एक पटक मलाई चरा वन्न मन छ
लेखक : नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हुन ।