Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ छ।

त्यस्तै, थप १६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार २ सय २० पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको पनि मन्त्रालयले जनाएको छ।