Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

उत्कृष्ट सेवा गर्ने ११ जना स्वयमसेविकालाई सम्मान

दैलेख  :  कोभिड –१९ रोकथाम र समृद्धिका लागि सयुक्त कार्य,महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको भुमिका अपरिहार्य भन्ने मुल नाराका साथ १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाइएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ११ वडाका ८१ जना महिला स्वास्थ्यस्वयम सेविकालाई ७ स्थानमा बोलाएर दिवस मनाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक लाल बहादुर खड्काले सामुदायिक स्वास्थ्य स्वयमसेविकाले समाज रुपान्तरणका लागि महत्वपुर्ण भुमिका खेलेको बताए । उनले महिला स्वास्थ्य स्वयम सेविका कारण पछिल्लो समय मातृमृत्युदर र बालमृत्युदर शुन्यमा झरेको भन्दै अझै शसक्त भएर लाग्न आग्रह गर्नुभयो । नारायण नगरपालिका स्वास्थ्य शाखा बाट ११ वडाका ८१ जना महिलास्वास्थ्य स्वयम सेविका मध्ये उत्कृष्ट कार्य गर्ने ११ जनालाई सम्मान गरिएको बताए ।