Loading... आजः शुक्रबार, माघ ९, २०७७
Trending

छ हजार ७४ परीक्षण गर्दा एक हजार २४ मा सङ्क्रमण


काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका एक हजार २४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार ७४ जनाको परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १४ हजार २५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २०६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २४ हजार ५३ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५७७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५३६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

error: Content is protected !!