Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

सिटी बसपार्क सञ्चालनमा आयो


सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिटी बसपार्क सञ्चालनमा आएको छ । मंगलगढी नजिकै अस्थायी रुपमा सञ्चालन हुँदै आएको बसपार्क पुरानै बसपार्कमा नयाँ संरचनासहित निर्माण भएपछि सञ्चालनमा आएको हो । राजधानीको मुख्यचौकमा बसपार्क हुँदा दुर्घटनाको जोखिम र अस्तव्यस्त पार्किङले क्रुप बनाएको थियो । नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रु र बस व्यवसायीहरुलाई सहज भएको छ ।

मंगलगढीको साघुरो ठाँउबाट सेवा प्रवाह गर्दै आउँदा निकै असहज भएको सुर्खेत काँक्रेविहारका अध्यक्ष रमेश सापकोटाले बताए । नयाँ बसपार्क सञ्चालनसँगै यात्रुहरुका झोला तान्ने, जवरजस्ती गर्ने जस्ता कार्यलाई बन्देज लगाउनमा आफूहरुले नगरपालिका र स्थानीय प्रशासनलाई साथ दिने सापकोटाले उल्लेख गरे ।

error: Content is protected !!