Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का


दैलेख  :  कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा ः सर्वराज खड्का नियुक्त भएका छन् । बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गरेको हो । नारायण नगरपालिका वडा नं २ दैलेख निवासी खड्काले यस अघि राज्य पुनर्संरचना आयोग सदस्यसमेत भएर काम गरिसकेका छन ।
तत्कालिन कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मी कृषि तथा वन विश्वविद्यालय चितवन रामपुरको उपकुलपतीमा नियुक्त भएपछि उपाध्यक्ष पद दुई महिनादेखि रित्त थियो । त्यस्तै मन्त्रीपरिषद बैठकले वीरेन्द्रनगर–९ का झकबहादुर मल्ललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा नियुक्त गरेको प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन

error: Content is protected !!