Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

मुगुको रोल गाउँमा आगलागी ,पाँच घर जले

फाइल फोटो

मुगु  :  मुगुमा पाँच वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–३ रोल गाउँमा बिहीबार दिउँसो आगलागी हुँदा पाँच वटा घर जलेका हुन ।

एक्कासि घरबाट सल्किएको आगोले रोल गाउँका हस्तबहादुर शाहीको तीन तले पक्की घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै, होमबहादुर शाहीको पनि तीन तले पक्की घर र डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ

कार्यालयका अनुसार खत्याड गाउपालिका वडा नं ३ सुनकौरा सिंहको दाहिने हात सामान्य रुपमा जलेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए । उनका अनुसार आगलागी के कति कारणले लागेको खुलेको छैन् । आगलागीबाट धनसम्पत्ति, लत्ताकपाडा, भाँडाकुँडा, काठका खाट, दराज जलेर नष्ट हुँदा करिब ३० लाखसम्म क्षति भएको उनले जानकारी दिए । श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको टोली, रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

error: Content is protected !!