Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

गायक मनिष लामाको राष्ट्रिय गीत सम्झन्छु मेरी आमा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं  : गायक मनिष लामाको राष्ट्रिय गीत ‘सम्झन्छु मेरी आमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको माध्यमबाट देशका युवाले आफ्नो मातृभूमिप्रति गर्नुपर्ने कर्तव्र्यलाई नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश दिन खोजिएको छ । आफ्नो भेषभूषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै आफ्नो देश नेपालप्रतिको माया देखाइएको छ ।
शब्द संगीत तथा स्वर मनिष लामाको रहेको यस गीतलाई वासुदेब श्रेष्ठले एरेन्ज गर्नुभएको हो । अर्जुन तिवारीले छायाङ्कन गरेको सार्बजनिक म्युजिक भिडियोलाई मनिष लामा आँफैले निर्देशन गर्नुभएको छ । भिडियोमा मनिष लामालगायत साथीहरुलाइ फिचर्ड गरिएको छ ।