Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

एक सय प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर


काठमाडौं  :  अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरुभन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलालाई विश्वबाट खोज गरिन्छ र वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ ।
बीबीसीको उक्त सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गरेको सान मरिन सबैभन्दा शीर्ष स्थानमा छिन । त्यसैगरी, अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाभाइरस विरुद्धको खोप अनुसन्धान गर्ने सरह गिलबर्ट समेत उक्त सूचीमा छन । बीबीसीको उक्त सूचीमा एकजना महिलाको स्थान रिक्त राखिएको छ । बीबीसीको अनलाइन संस्करणले लेखेको छ, “असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगन्ती महिलाले त्याग गरेको हुनसक्छ, श्रद्धाञ्जली स्वरुप एकजनाको नाममा एक स्थान रिक्त राखिएको छ । ”
तीन महिनासम्म घरवारविहीन बन्न पुगेकी सपनाले काठमाडौंको यात्रा गरेकी थिइन । काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव ब्यवस्थापन गर्ने एक संगठनमा उहाँ आबद्ध हुन पुगिन । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले ब्यवस्थापन गर्दै आएको छ । सपना आबद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्याएर पोष्टमार्टम गराउँछ । ३५ दिनसम्म कुनै ब्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आबद्ध संस्थाले धार्मिक परम्परा अनुसार सदगद् गर्दै आएको छ । दागबत्ती दिने कामदेखि प्राबिधिक काममा सपना प्रत्यक्ष संलग्न हुँदै आउनुभएको छ । सपनाले आफैं पनि सडकमा बेवारिशे जीवन ब्यतित गर्दै आएकी छिन । उनलाई सडकबाट उद्धार गरी सामाजिक सेवाका लागि प्रेरित गर्ने बिनयबाबु बस्नेतसँगै मिलेर उनले समाज सेवामा समर्पित हुन पुगेकी उनी । सपना र विनयले हालसम्म कम्तीमा तीन सयभन्दा बढी शवको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिसकेकी छिन ।