कोरोना संङक्रमण बढ्पछि सल्यान बजार शिल
सल्यान : कैपटक १० जना कोरोनाभाइरस संक्रमित भेटिएपछि सल्यान सदरमुकाम खलङ्गा एक साताका लागि सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि १५ मंसीरसम्मका लागि सिल गरेको हो।
खलंगा बजार क्षेत्रबाट ५ मंसीरमा नमुना स्वाब लिइएकामध्ये सर्वसाधारण र निजामती कर्मचारी गरी १० जनाको रिपोर्ट पोजिटिभ आएको छ। त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सदरमुकाम सिल गरेको जनाएको हो।
अब एक हप्तासम्म अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी, फलफूल व्यवसाय बिहान ८ बजेदेखि ९ः३० सम्म खोल्न पाइनेछ। त्यसबाहेक अन्य सबै पसल व्यावसाय, होटल बन्द हुनेछ। शारदा नगरपालिका वडा नं।–२ डाँडागाउँ बजारको जोरपिपलदेखि खलंगा बजार मिलन होटल पूर्वका सम्पूर्ण क्षेत्र र खलंगा बसपार्कदेखि नेपाल बैंक लिमिटेड पूर्वका सम्पूर्ण क्षेत्र सिल गरिएको स्थानीय प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।
स्थानिय प्रशासनले तोकेको निषेधित क्षेत्रमा अटेर गरी निशेधित कार्य गरे कोभिड संक्रमण फैलाउने कार्य गरे गराएको कसुर मानी संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए।