Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

पिर्काले हानेर श्रीमानको हत्या


सल्यान  :  श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ। कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई उनकै श्रीमतीले हत्या गरेको आरोपमा ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले समातेको हो।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्का ९चौकी०ले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएका छन्। कुनै सन्तान नभएको र जग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृतकका बुवाले किटानी जाहेरीमा उल्लेख गरेका छन्। ती महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले बताए।