Loading... आजः शनिबार, मंसिर २०, २०७७
Trending

दुर्गेश थापाको नयाँ गीत( ‘ह्याप्पी तिहार सार्वजनिक

काठमाडौँ– गायक दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ। गत वर्ष सार्वजनिक भएको डन आयो डन’ को दोस्रो श्रृंखलाको नाममा गीत सार्वजनिक भएको छ।
गीतका शब्द तिहारसँग सम्बन्धित छन्। दुर्गेशले गत वर्ष सार्वजनिक गरेको गीतमा ‘ह्याप्पी तिहार चिसो वियर भन्ने शब्द थियो । संगीतको नाममा सँस्कृति बिगारेको आरोपमा उनी पक्राउ परेका थिए। अहिले उनले ल्याएको नयाँ गीतमा त्यही बेदना पनि पोखिएको छ। गीतमा भनिएको छ, ‘ह्याप्पी तिहार– पोहोर त पुलिसले लग्यो नि त यार’। गीतमा बियर खान हुन्न भन्ने सन्देश दिइएको छ।

दुर्गेशको नयाँ गीतमा कोरोना भइरसबाट जोगिन माक्स अनिवार्य रहेको सन्देश दिइएको छ। यस्तै गीतमा स्यानिटाइजरको पनि प्रयोग गरिएको छ।

गीतको शब्द दुर्गेश आफैँले लेखेका हुन्। यसमा योगेशकाजी र दुर्गेशले स्वर भरेका छन्। गीतलाई सहस शाक्यले एरेन्ज गरेका हुन्। राजा बाबु चौधरीले रेकर्ड गरेको यो गीतको मिक्सिङ चन्द्र चौधरीले गरेका हुन्। गीतको भिडियोको निर्देशन शिव बिकेले गरेका हुन्। गीतमा दुर्गेशसँगै पल शाह, योगेश काजी, शिव बिके पनि देखिएका छन्।

error: Content is protected !!