Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

सामाजिक सुरक्षा भत्ता बुझ्न जेष्ठनागरिकलाई सास्ती


दैलेख :  ज्येष्ठ नागरिकले पाउने भत्ता अनियमितता हुने गरेपछि सरकारले जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता बैक मार्फत वितरण गर्ने गरे पनि कोरोना महामारीका कारण जेष्ठनागरिकहरुलाई भत्ता बुझ्न समस्या हुने गरेको छ ।

सदरमुकामका व्यापारी बैकका कर्मचारीमा समेत कोरोना संङक्रमण बढ्दै गएको बेला बैकमा लाइन लागेर भत्ता बुझ्न समस्या हुने गरेको जेष्ठनागरिकहरुले बताएका छन् । नारायण नगरपालिका वडा न ३ का रामप्रसाद पाण्डेले भत्ता बुझ्न दिनभरि लाइन लाग्नु पर्ने समस्याका कारण आफूहरूले सास्ती खेप्नु परेको बताए । उहाँले कोरोनाको सन्त्रास छ हामी बृद्धा वृद्धलाई जोखिम छ भन्ने सुनेको छु यसरी लाइन लाग्दा कोरोना लाग्ने डरले समस्या भएको बताए ।

नारायण नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कार्तिकसम्मको भत्ता बैकमा जम्मा गरेपछि बैकले पालै पालो प्रत्येक वडाका जेष्ठनागरिकलाई बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बैकले जानकारी दिएको छ । एनएमवि बैकका शाखा प्रबन्धक निर्मला श्रेष्ठले कोरोना महामारीका बिचमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न चुनौती रहेको जानकारी दिइन । उनले कोरोनाको डरका बिच सामाजिक दुरी कायम गरेर भत्ता वितरण गर्नु पर्ने चुनौती भए पनि सामान्य हस्ताक्षर समेत नगर्ने ज्येष्ठ नागरिकको हातले समाएर ल्याप्चे लगाउँदो जोखिम त बढ्ने बताइन ।

नारायण नगरपालिकाका ११ वडा मध्ये एनमएवि बैकमा ९ वडाका जेष्ठनागरिकको खाता सञ्चालन भएर भुक्तानी हुने गरेको छ । नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेसम बहादुर बुढाले सरकारको नीति अनुरूप नै जेष्ठनागरिकको खातामा भत्ता वितरण गर्ने गरेको बताए । उनले नगरपालिका वडा न १० र ११ मा वडा सचिवको रोहवरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको बताए । दुरीका हिसाबले टाढा पर्ने र जेष्ठनागरिकलाई भत्ता लिन समस्या हुने र बैकका कर्मचारी गएर वितरण गर्न समस्या हुने भएपछि वडा सचिव र वडा अध्यक्षको रोहवरमा सामाजिक सुरक्षा भत्ता दिने गरेको बताए ।

नारायण नगरपालिका वडा न ९ का जेष्ठनागरिक कृष्ण बहादुर खड्काले भने महामारीको बेला भत्ता वितरण गर्दा सहज बनाइदिनु पर्ने माग गरेका छन । उनले बैक सम्म आफूलाई पुग्नै सास्ती छ भने अर्को कोरोनाको जोखिम उत्तिकै छ । उनले भने भिडभाड नहुने गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडाको पालो अनुसार आउने व्यवस्था बैकले मिलाउनु पर्छ