Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीका शुल्क तिरेर कोरोना परीक्षण गर्ने संख्या बढ्दै

दैलेख  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न भएका बाहेक अरु बाट पिसिआर परीक्षण शुल्क निर्देशन दिए संगै कर्णालीमा पैसा तिरेर पिसिआर परीक्षण गर्नेको संंख्या बढ्दै गएको छ ।
कर्णाली सरकारले कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि नागरिकहरुले भने शुल्क तिरेर कोरोना परीक्षण गर्न थालेका छन् । कर्णाली प्रदेश अस्पतालमा मात्रै हालसम्म एक हजार चार सय ६ जनाले शुल्क तिरेर परीक्षण गरेका हुन् ।

दैलेखमा आफै शुल्क तिरेर ८८ र रुकुमपश्चिममा ३८ जनाले शुल्क तिरेर कोरोना परीक्षण गरेका छन् । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीले कोरोना संक्रमितको उपचार खर्च वापतको शुल्क भने नलिएको जानकारी दिए यो समयमा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने उनको सुझाव छ । सरकारको नीति परिवर्तन भइरहेकाले पनि परीक्षणको दरमा कमी आएको हुन सक्ने डा। केसीको भनाइ छ ।

भारतबाट आएका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको भने निःशुल्क परीक्षण गरिदै आएको समाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । ‘लक्ष्यण नदेखिएका तर आफू ढुक्क हुन्छु भनेर शुल्क तिरेर भएपनि परीक्षण गरेका होलान,’ मन्त्री रावलले भने, ‘प्रदेश सरकारले नै निःशुल्क परीक्षण गर्ने निर्णय गरिसकेकाले शुल्क लिएका छैनौं ।’

प्रदेशका चार वटा आरटी–पीसीआर ल्याबबाट कोरोना परीक्षण गरिँदै आएको छ । संक्रमणको सुरुवाती दिनहरूमा पीसीआर जाँच गर्नेको संख्या अधिक भए पनि समुदायस्तरमै संक्रमण फैलिँदा भने न्यून परीक्षण हुने गरेको हो ।