Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

उपभोक्ता ठगिएको गुनासो पछि प्रशासनले थाल्यो बजार अनुगमन


दैलेख  :  चाड पर्वमा चामल,पिठो,नुन,तेल,जस्ता वस्तुहरु बढि खपत हुने र व्यापारीले नागरिकलाई छलेर म्याद गुज्रेका र गुणस्तरहिन खाद्य वस्तु विक्रि गर्ने र उपभोक्ताले चर्को मुल्य तिर्नुे गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन थालेको छ । सदरमुकाममा दैनिक कोरोना संङक्रमण बढ्े संगै उपभोक्ता ठगिने भएकाले आफुहरुले बजार अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

साहयक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटाले वस्तुको मुल्य भन्दा चर्को मुल्य असुन्ले,अखाद्य वस्तु विक्रि वितरण गर्ने,खाद्यान्न लुकाउने गरेका जनगुनासो आएपछि बजार अनुगमन गरेपनि अनुगमनमा कुनै प्रमाण फेला नपरेको बताउनुभयो । उहाँले त्यस्तो प्रमाण सहित कसैले गुनासो गरेमा कानुन बमोजिम कार्वाही गरिने बताए ।

अनुगमनको क्रममा नारायण नगरपालिकाकी उप प्रमुख सावीत्री मल्लले नागरिकलाई सहज रुपमा खाद्य व्यवस्था मिलाउन व्यापारी संग आग्रह गरेकी छिन । उनले कोरोना महामारीको बेला सबैले मानविय मुल्य मान्यतालाई ख्याल गरेर सहज रुपमा खाद्य वस्तु व्यवस्था गर्नु व्यापारीहरुको पनि दायित्व भएकाले असुल्ने मौका यहि हो भनेर व्यापारीलाई नलाग्न आग्रह गरेकी हुन । कोरोना महामारीमा भनेको वस्तु प्रयाप्त मात्रमा नहुँदा चर्को मुल्य तिर्नु पर्ने नगरवासीले गुनासो गरेकी छिन ।

उनले भन्नि तपाईहरुले त्यस्तो गर्नु भयो भने प्रशासनले तपाईहरुलाई कार्वाही गर्छ परेको मुल्यमा नै सामान बिक्रि गर्नुहोला । कोरोना महामारी बिचमा एक पटक अनुगमन गरेपनि कोरोना महामारी नियन्त्रण भन्दा पनि दिनप्रतिदिन बढ्न थालेपछि प्रशासनले समेत बजार अनुगमन गर्न सकेको थिएन ।

नागरिक समाजका अगुवा यामराज थापाले अन्य समय भन्दा चाड पर्वको मेला जिल्लाका सबै व्यापारीक केन्द्रमा गएर प्रशासनले अनुगमन गर्नु पर्ने बताउनुभयो । उहाँले प्रशासनले कोरोना महामारी देखाएर अनुगमन बाट पन्छिनु हुदैन प्रत्यके महिना बजार अनुगमन गर्नु पर्दछ । फाइल फोटा