Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

नेकपा नफुट्ने उपप्रमुख रिजाल पाँच आधार


दैलेख  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने ठोकुवा नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले गरेका छन् । नेकपा नफुट्ने पाँच आधारहरु रिजालले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन् ।

नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ नेकपा कुनै हालतमा फुट्दैन,’ रिजालले लेखेका छन्, ‘अध्यक्ष केपी ओलीको नेतृत्व नेकपाको सरकार पाँच बर्ष चल्छ र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेकपा चल्छ ।’ यस्तै, रिजालले सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । तर नेकपा भित्र देखिएका सबै असहमतिहरूको समाधान कमिटीका बैठकहरूबाट खोजिने रिजालले उल्लेख गरेका छन् ।

error: Content is protected !!