Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी घोषणा

काठमाडौं  :  मंसिर दोस्रो साता हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको साथ रहेको छ ।

महासंघको निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । महासंघको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो । तर कोरोना भाइरस संक्रमणका कारण त्यसबेला निर्वाचन हुन सकेन । त्यसपछि साउनमा गर्ने गरी निर्वाचन घोषणा गरेको भएपनि त्यतिबेला पनि हुन सकेन ।