Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

कर्मचारीमा कोरोना देखिए संगै धमाधम सिल हुदै सरकारी कार्यालय

दैलेख  : कार्यालयमा कार्यरत कर्मचारीमा धमाधम कोरोना संङक्रमण पुष्टि हुन थालेपछि दैलेखमा रहेका अधिकाँस सरकारी कार्यालय सिल हुदै गएका छन । शनिवार जिल्ला प्रशासन कार्यालयले कर्मचारीलाई कोरोना संङक्रमण पुष्टि भएको भन्दै अनिश्चित कालका लागि सम्पूर्ण नियमित सेवा बन्द गरिएको छ । कार्यालयका संक्रमित कर्मचारीबाट समुदायस्तरसम्म र संक्रमित सेवाग्राहीबाट कार्यालयका कर्मचारीलाई हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।प्रशासनले कार्तिक १६ गतेदेखी अर्को सूचना नभएसम्म अत्यावश्यक कार्यहरु बाहेकका सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह बन्द रहने सूचना जारी गरेको छ।

त्यस्तै नारायण नगरपालिकाले पनि कर्मचारीमा संङक्रमण पुष्टि भएको भन्दै सबै सेठा ठप्प पारेको बताएको छन । निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढा द्धारा हसताक्षरीत सुचनामा कर्मचारीमा संङक्रमण पुष्टि भएपछि सेवा ठप्प पारेको र कार्यालयका संक्रमित कर्मचारीबाट समुदायस्तरसम्म र संक्रमित सेवाग्राहीबाट कार्यालयका कर्मचारीलाई हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सेवा बन्द गरिएको सुचनामा उक्त कुरा उल्लेख गरिएको छ । यो भन्दा पहिले कृषि विकास कार्यालय,स्वास्थ्य सेवा कार्यालय,शिक्षा विकास तथा समन्वय एकाई लगायतका सरकारी कार्यालय बन्द भइसकेको छन ।

error: Content is protected !!