Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

दशैँ भत्ता आश्रम र बिरामीलाई हस्तान्तरण 

सुर्खेत  :  कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती मगरले दशैं खर्च वापतको रुकम आश्रमलाई हस्तन्तरण गर्ने भएकी छन् । प्रदेश सभा सचिवालयबाट प्राप्त भएको पचास हजार विभिन्न आश्रमलाई नगद वितरण गर्न लागेकी हुन् ।

विष्टले पाएको दशैँ भत्ता वीरेन्द्रनगरमा रहेको प्रशान्त वृद्धाश्रमलाई नगद १० हजार र मानव सेवा आश्रमलाई बीस हजार नगद हस्तान्तरण गर्ने जानकारी दिइन् । यस्तै, काठमाडौंमा डायलाइसिसको उपचार गराइरहेका कालिकोटको रुप्साको अभियान नाम भएका युवालाई दश हजार र पत्रकार महासंघका पुर्ब केन्द्रिय सचिव  प्रभात चलाउनेलाई दश हजार वितरण गर्न लागेको विष्टको भनाई छ ।
उनका अनुसार प्रभातको आर्थिक अवस्था दयनीय भएको र उनी दुर्घटनामा परेर घाइतेसमेत भएकाले आर्थिक सहायता गर्न लागेको जानकारी दिइन् ।