Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेकपा सांसदले दसैँ भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने


काठमाडौँ  :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले सांसद तथा मन्त्रीहरूले पाउने दसैँ भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्माले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुखलगायतसँग छलफल गरेर दसैँ भक्ताबाट पाएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार भत्ता बापत पाएको एक महिनाको रकम कोरोना कोषमा जम्मा गरिने छ । कोरोना महामारीकाबीच सांसदले दसैँ भक्ता लिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि कांग्रेसले पनि आफ्ना सांसदलाई भक्ता नलिन आग्रह गरेको छ ।