Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

थपीए तीन हजार ७९० सङ्क्रमित,कुल एक लाख ३६ हजार ३६ नाघ्यो

काठमाडौं :  नेपालमा कोरोना भाइरसका तीन हजार ७९० सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ४० हजार ७७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि होमआइसोलेसन सहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३३५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९४ हजार ५०१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड(१९ को कारणले मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

error: Content is protected !!