Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

११ औँ पटक मन्त्रीपरिषद् विस्तार गर्दा दैलेखले पाएन मन्त्री

..

दैलेख  :  प्रधानमन्त्री केपी शर्मा ओलीले ११ औ पटक बुधवार मन्त्रीपरिषद् विस्तार गर्दा दैलेखले यस पटक मन्त्री पाउँछ भन्नेमा ढुक्क थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार तीन जना नयाँ मन्त्री नियुक्त र अन्य मन्त्रीहरूको कार्य विभाजन गरेको पत्र राष्ट्रपति कार्यालय बाट सार्वजनिक हुँदा दैलेखका कोही पनि नपरेपछि दैलेखका नागरिकको आस माट्टिमा मिलाएको अनुभूति गरिएको छ ।

दैलेखका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा नेकपा जिताउन कमान्ड समालेका नेकपा दैलेखका अध्यक्ष रवीन्द्र शर्मा र तत्कालीन पर्बु माओवादीले देश भर जित्दा २०६४ सालको संविधान सभाको निर्वाचनमा जितेर काम गरेका र पुन २०७४ सालमा भएको निर्वाचनमा जितेको निर्वाचन क्षेत्र नः २ का प्रतिनिधि सभा सांसद राज बहादुर बुढा मन्त्रीको दाबेदार भए पनि अन्तिममा भने मन्त्रीपरिषद्मा नपरेपछि दैलेखी जनताले गरेको आस निराशामा बदलिएको छ ।

त्यो मात्र होइन २०७० सालको संविधान सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नः १ बाट निर्वाचित भएर संविधान निर्माणमा सक्रिय भूमिका खेलेका अम्मर बहादुर थापा प्रदेश सभामा उम्मेदवार बने सँगै प्रदेशमा मन्त्री पाउँछन् भनेको भए पनि प्रदेश सरकार गठन गर्दा मन्त्रीमा नपरे पछि दैलेखका नागरिक भने नेकपा प्रतिको दृष्टिकोण परिवर्तन गरेका छन् ।
२०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा दैलेखका जनताले नेकपाका एकलौटी बहुमत प्राप्त गरेको खण्डमा दैलेखले सङ्घमा मन्त्री र प्रदेशमा एक जना मन्त्री पाउने आशले नेकपाको चुनाव चिन्हमा मतदान गरे । जसका कारण दैलेखका दुई वटै निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभाका नेकपाले वामपन्थीको किल्ला खडा गरेर नेपाली काँग्रेसलाई क्लीन स्वीप गरेको थियो । त्यो गर्दा पनि मन्त्री नपाएपछि सांसदहरू मात्र होइन नेकपाका कार्यकर्ता नै पार्टी प्रति वितृष्णा बढेको बताउँछन् ।

नेकपाका एक जनाले नेता भने दैलेखका जनताले नेकपाले जितेमा एक जना मन्त्री पाउने र जिल्लामा विकास निर्माणले गति लिएर समृद्ध जिल्लामा मद्दत पुग्छ कि भन्ने विश्वासमा घात भएको बताए । उनले प्रतिनिधि सभामा पहिलो पटक दिएनन् ११ औ पटक मन्त्रीपरिषद् विस्तार गर्दा दैलेखले एक जना मन्त्री पाउँछ कि भन्ने थियो त्यो कल्पनामै सीमित रह्यो ।

नेकपा दैलेखका अध्यक्ष रवीन्द्र शर्माले मन्त्री पद चाहियो भनेर जाने भन्दा पनि पार्टीले मुल्याङकन गरेर दिनु पर्ने बताउँछन् । उनले भने दैलेखको इतिहासमा एक पटक पनि मन्त्री पाएको छैन । सबै निर्वाचन जित्दा पनि मन्त्री नपाउँदा कार्यकर्तामा समेत निराशा छाउँछ त्यो माथिका नेताहरूले बुझ्नु पर्ने बताए । उनले भने अझै समय बाँकी छ हेरौ पार्टी नेतृत्वले दैलेखको कुरा सुन्नेछ भन्नेमा आफु विश्वस्त छु  ।
एक जना नेकपाका शुभचिन्तकले भने दैलेख बाट प्रतिनिधित्व दुई प्रतिनिधि सभा सांसद मध्ये जुन गुटको भए पनि मन्त्री भएको भए हुन्थ्यो । न केपी गुटका मन्त्री हुन्छन् न माधव नेपाल गुटका । गुटमा मात्र सिमति भएपछि समस्या भएको बताए । उनले भने अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली भएको बेला त्यही गुटको नेता प्रतिनिधि सभामा छन् मन्त्री बनाएको भए हुने ।
उनले भने नेपाली काँग्रेसले राज्यमन्त्री दियो र राप्रपा सरकारमा सहभागी हुँदा राज्य मन्त्री त्यो मात्र होइन नेमकिपा बाट जितेर शाही सरकारमा सहभागी भएका विनोद शाहले समेत राज्यमन्त्री पाएका थिए । अहिले दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा निर्वाचन जित्दा एक जना सभामुख बाहेक अन्य कुनै पद पाएको छैन । मन्त्री दिएर नेकपाले इतिहास रचेको भए हुने थियो  ।