बुधवार कर्णालीमा थपिए एक सय संङक्रमित
दैलेख : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय जनामा कोरोना पुष्टि भएको छ । बुधबार प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा ७६ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा २३ जना र चौरजहारी प्रयोगशाला रुकुम पश्चिमा गरिएको परिक्षमा एक जना गरि जम्मा एकसय जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा सुर्खेतका ६९, दैलेखका २०, कालिकोटका चार, जुम्लाका दुइ, रुकुम पश्चिका एक र अन्य प्रदेशका चार जना रहेका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
उनका अनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार सात सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार पाँचसय ५५ पुगेको छ ।
कर्णालीका विभिन्न आइसोलेसनमा रहेका संक्रिय विरामीको संख्या एकहजार ६४ जना रहेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।