Loading... आजः आइतवार, साउन ३, २०८३
Trending

दलको सचेतक शाह पदमुक्त,सिता नेपाली नियुक्त 

सुर्खेत   :  कर्णाली प्रदेशको सत्ता संघर्षले नयाँ मोड लिएको छ। आइतबार १८ जना सदस्यले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव गरेपछि कर्णालीको  राजनीति यतिबेला चर्चाको विषय बनेको छ।  मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपाली नियुक्त गरेका छन्। यसअघि प्रमुख सचेतकका हैसियतमा शाहले नेकपा प्रदेशको संसदीय दलको बैठक मंगलबार दिनको १ बजे बोलाएका थिए।