Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

नेपालमा एकै दिन थपिए ५ हजार संक्रमित

 काठमाण्डाैँ ः  नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजारभन्दा धेरै‌लाई कोरोना भाइरस संक्रमण देखिएको छ । दैनिक संक्रमण हुनेमा यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।  देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ । सक्रिय संक्रमितमध्ये १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा छन् भने १३ हजार ६ सय ५४ संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय २९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको मन्त्रालयको तथ्यांक छ  ।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ११ लाख ६४ हजार ५ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् ।

error: Content is protected !!