बहुमुल्य मुर्ती सहित तीन जना पक्राउ
जुम्ला : जुम्लामा दुई मूर्ती सहित संकास्पद तीन युवा पक्राउ परेका छन् । प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका बहुमुल्य मूर्ती मध्ये थप दुई पुरातात्विक मूर्ती फेला परेका हुन् । २०७३ मंसिर ११ गते मन्दिरबाट दर्जनौ बहुमुल्य मूर्ती चोरी भएका थिए । जसमध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ती भेटाएको हो ।
विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको संयुक्त टोलीले विहान १०ः १५ बजे चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँ स्थित सुशिल विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लाले बेरेर राखिएको अबस्थामा मूर्ती फेला परेका हुन् ।
जुम्लाका डिएसपी माधव काफ्ललेका अनुसार दुई थान मूर्तीसंगै उक्त घटनामा संग्लन तीन जना संकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० निवासी वर्ष ३२ का सुशिल विष्ट, तातोपानी गाउँपालिका–८ घर भई हाल चन्दननाथ नगरपालिका–१० मा बस्ने वर्ष २८ का जयलाल थापा र चन्दनना नगरपालिका–१० कै वर्ष २३ का सुदिप रावल रहेका छन् ।