आफ्नै लगानीमा गाउँपालिकाले स्थापना ग¥यो रेडियो
नेत्र शाही : यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो एफ एम स्थापना गरेको छ । गाउँपालिकाका जनतामा सूचनाको पहुँच पुरयाउने उद्देश्यले यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै एफ एम रेडियो स्थापना गरेको हो । ९८.४ मेघाहर्जको उक्त रेडियो गुठिचौरको” अहिले परीक्षण प्रसारण गरिएको गाउँपालिका नायव सूब्बा मोतिप्रसाद जैसीले जानकारी दिए ।
गाउँपालिकाको रेडियो स्थापनाका लागि हाल सम्म रु २४ लाख लगानी भएको र अन्य बिस्तारका लागि, आवश्यक अन्य सामग्री र पूर्वाधार जोडिदै गरेको जैसीले जानकारी दिए । रिले टावर स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
नायव सुब्बा जैसीका अनुसार अहिले रेडियो स्थापना भएपछि कोरोना भाईरस रोकथामदेखि विभिन्न प्रकारका सूचनाह जनतालाई निःशुल्क दिन सजिलो भएको छ ।
गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार विकासका विभिन्न क्षेत्र मध्य सूचना तथा सञ्चार क्षेत्र निकै महत्वपूर्ण भएकाले संवैधानिक अधिकार र गाउँपालिकाको कार्यविधि अनुसार रेडियो स्थापना गरिएको छ ।
उनले गाउँपालिकाका हरेक गतिविधि जनताले पाउने अधिकार भएकाले अव रेडियो मार्फत बढीभन्दा बढी सूचना प्रदान गरिनेछ । अहिले रेडियो गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिकासहित विभिन्न क्षेत्रमा सुन्ने गरेको बताईएको छ । बिस्तारका लागि चाडै चिमारामा रिले स्टेशन राखिने तयारी भईरहेको जानकारी दिए ।