Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

सुर्खेतमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु


सुर्खेत : सुर्खेतमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरीगंगा नगरपालिका–६ सुर्खेतका ७२ वर्षीया महिलाको कर्णाली प्रदेश अस्पतालमा शनिबार मृत्यु भएको हो। अर्धअचेत अवस्थामा शुक्रबार उपचारको लागि प्रदेश अस्पताल ल्याएको उनको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए।
उनको अस्पताल भर्ना गरिएदेखि नै उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो। उनलाई सास फेर्न समस्या भएपछि भेन्टीलेटरमा राखेर उपचार गरिरहेको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो। योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ९ पुगेको छ।

error: Content is protected !!