Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

६९ हजार ३०१ संङक्रमित मध्ये ५० हजार भन्दा बढि डिस्चार्ज

काठमाडौंः नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ५५ हजार ९२३ वटा आरटी पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ ।

संस्थागत आइसोलेसनमा आठहजार ६१४ र होम आइसोलेसनमा नौहजार ८२३ संक्रमितहरु रहेका छन् । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२।७ प्रतिशत पुगेको छ ।क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।

error: Content is protected !!