Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा महाशाखा सिल

दैलेख :  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीलाई कोरोना पुष्टि भएपछि महाशाखालाई तीन दिनसम्मका लागि सिल गरिएको मन्त्रालयले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
कर्णाली प्रदेशमा बुधबारसम्म कोरोना संक्रमित संख्या ३ हजार २ सय ७६ पुगेको छ। डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ३१ रहेको मन्त्रालयले जनाएको छ। कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्।