Loading... आजः आइतवार, साउन १०, २०७८
Trending

नेपाल भर २ हजार २० जनामा संक्रमण पुष्टि


काठमाडौँ :  नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३७३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार ४५८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३७ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेको छ ।

error: Content is protected !!