Loading... आजः बुधबार, माघ ७, २०७७
Trending

कर्णालीमा थप ३५ जनामा कोरोना पुष्टि


दैलेख  :  पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत र रुकुमपश्चिमको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना कोरोना संक्रमितका नयाँ विरामी थपिएका हुन् । संक्रमित हुनेमा रुकुमपश्चिमका २३, सुर्खेत ६, सल्यानका पाँच र मुगुका एक जना छन् ।

नयाँ संक्रमितसहित कर्णालीमा कोरोना संक्रमितको कुल संख्या तीनहजार ६३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । नयाँ संक्रमितहरु होम, अस्पताल तथा पालिकाले बनाएका आइसोलेसनमा जानेक्रममा रहेको कंडेलको भनाई छ ।

error: Content is protected !!