Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

बामदेव गौत्तम राष्ट्रिय सभामा मनोनित

काठमाडौँ :  राष्ट्रिय सभा सदस्यमा मनोनीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम मनोनित भएका छन । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उनको नामलाई सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई राष्ट्रिय सभाका लागि मनोनीत गरेकी हुन । । राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले गौतमलाई मनोनीत गरेको बताइए ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार नेता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ खुवाएको बताए ।  गत सोमबार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेता गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा सिफारिस गर्ने निर्णय गरेको थियो

error: Content is protected !!