Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

नौमुले कालिकाका २४ घरधुरी पहिराको जोखिममा


दैलेख :  नौमुले गाउँपालिका वडा नः ४ कालिकाको उत्तीसेनीमा पहिरो जाँदा २४ घर पहिरोको जोखिममा परेका छन् । दैलेखको उच्च भागमा पर्ने उक्त क्षेत्रमा लगातार वर्षा भएर पहिरो जान थालेपछि त्यहाँका २४ घर पहिरोको जोखिमा रहेको नौमुले गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको वडा नः ४ का अध्यक्ष गजबहादुर ढेगामगरले बस्तीको माथि बाट पहिरो खस्न थालेपछि त्याको बस्ती नै जोखिममा परेको बताए उनले २०७४ साल देखी पहिरो जाँदा छ घर पहिरोले बगाएर विस्थापित भए पनि अन्य २४ घर पनि विस्थापित हुनु पर्ने अवस्था आएको बताए ।
गाउँपालिकाका अध्यक्ष भदेबुढा मगरले पहिरोको अवलोकन गरी बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नका लागि विभिन्न सार्वजनिक जग्गा खोपनि प्राप्त हुन नसकेको बताए उनले बस्तीको माथि बाट सबै बग्ने खतरा रहेको भन्दै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेका छन । उनले भने पहिरो बाट जोखिममा रहेका घर परिवारलाई आवश्यक राहतका लागि उप प्रमुख अमृता सिंह र प्रमुख प्रशासकीय अधिकृत गणेश कोइरालालाई जिम्मा दिएको छ ।
स्थानीय हरि रानाले तत्काल उद्धार नगरे मानवीय सँगै भौतिक क्षति ठुलो मात्रामा हुने बताए । उनले यो भन्दा पहिले छ घर परिवारले पहिरोको जोखिम भएपछि घर नै छोडेको हिँडेको बताए । उनले घर छोडेर जाने ठाउँ पनि नभएको र त्यही बस्दा जोखिम रहने चिन्तामा रहेको बताए । स्थानीय सरकार र प्रदेश सरकारले उक्त बस्तीलाई तत्काल सार्नका लागि प्रयास गर्नु पर्ने उनको भनाई छ । जिल्लामा सबै भन्दा बाढी पहिराले क्षति जिल्लाको ठाटिकाँध गाउँपालिकामा वडा नः ४ बिशल्लाको गैरा गाउँमा पु¥याएको छ । पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।