Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नेपालमा कोरोना संङक्रमण बाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो


काठमाडौँ  : पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित १४ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन महिला र ११ पुरुष गरी १४ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले प्रदेश १ र २ मा एक एक तथा वागमती प्रदेशमा छ, गण्डकीमा चार र प्रदेश ५ मा दुई जना गरी १४ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ को सुनसरीका ४३ वर्षीय पुरुष र प्रदेश २ को पर्साकी ७८ वर्षीया महिला रहेको जनाएको छ ।

त्यसैगरी, काठमाडौं उपत्यकामा समेत रहेको वागमती प्रदेशमा काठमाडौंकी ७६ वर्षीया महिला, ५१ वर्षीय पुरुष, ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष रहेका छन् । चितवनका ६१ वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयले गण्डकी प्रदेशका तनहुँकी ७६ वर्षीया महिला, स्यांग्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको जनाएको छ । थपिएका मृतकसँगै नेपालमा कोभिड–१९ बाट मृतकको संख्या ३३६ पुगेको छ ।