Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

केन्द्र र प्रदेशहरुको मन्त्रिपरिषद पुर्नगठन गर्न निर्देशन

काठमाडौँ  : शुक्रबार सकिएको सत्तारुढ नेकपाको स्थायी समिति बैठकले १५ दिनभित्र केन्द्र र प्रदेशहरुको मन्त्रिपरिषद पुनः गठन गर्न निर्देशन दिएको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमा अरु विषय कहिले गर्ने भन्ने कार्यतालिका भए पनि मन्त्रिपरिषद् पुनःगठनको सम्बन्धमा विषय मात्र उल्लेख भएकाले त्यसलाई १५ दिनभित्र गर्न स्थायी कमिटीले सुझाव दिएको हो।

अध्यक्षद्वयले ल्याएको प्रस्तावलाई शुक्रबार वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरुले व्यक्त दिएको सुझावलाई समेत समेटर अन्तिम रुप दिने गरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।स्थायी समिति सदस्य भीम आचार्यले मन्त्रिपरिषद् पुनः गठनबारे सैद्धान्तिक विषय मात्र समेटिएकाले १५ दिनभित्र गरिसक्ने गरी प्रतिवेदनलाई पारित गरेको जानकारी दिए। उनले भने अरु विषय कार्यतालिकाअनुसार अघि बढ्ने भने पनि मन्त्रिपरिषद् पुनः गठन कहिले गर्ने भन्ने उल्लेख नभएकाले १५ दिनभित्र गर्न स्थायी समितिले निर्देशन दिएको हो।