Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

दैलेख अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू

दैलेख  : कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा पूर्वाधार विकास गरिएको छ । महामारीकै बेला स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालमा आईसीयू सेवा सञ्चालनमा आएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सघन उपचार कक्ष आइसीयू सेवा सञ्चालन गरिएको हो ।

अस्पतालका प्रमुख डा निरञ्जन पन्तका अनुसार दुईवटा भेन्टिलेटरसहितको पाँच बेडको आइसीयू सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सञ्चालन भएपछि सिकिस्त ९नियमित अक्सिजन चाहिने० बिरामीहरुको उपचार थालिएको डा। पन्तले बताए । भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा ल्याइसकेकाले जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने उनले बताए ।

भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन भएपनि नियमित अक्सिजनको अभाव खड्किएको छ । अहिले सिलिन्डरमा भरेर अक्सिजनको व्यवस्था मिलाएका छौ,ु डा। पन्तले भने, भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन गर्न अस्पतालमा मौजुदा नर्सिङ कर्मचारीहरुलाई तालिम दिने तयारी थालेका छौं। संघीय सरकारको एक करोड बजेटबाट भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आइसीयूसञ्चालनमा ल्याइएको हो । डा। पन्तका अनुसार झण्डै ९५ लाख रुपैयाँ लागतमा सेवा सञ्चालनमा ल्याइएको हो ।

स्वीकृत १५ बेड, सञ्चालन ५२ बेड
दैलेख अस्पताललाई नेपाल सरकारले १५ बेड सञ्चालनको स्वीकृत दिएको भएपनि हाल ५२ बेड सञ्चालनमा रहेको अस्पतालका प्रमुख डा पन्तले बताए । अस्पतालमा डिजिटल एक्सरे जडानको क्रममा रहेको छ । अस्पतालद्धारा सञ्चालित सामाजिक सेवा इकाईबाट गरिब, असहाय, अशक्तता भएको, जेष्ठ नागरिक, लैंगिक हिंसामा परेका लगाएतका व्यक्तिसहित १२ हजार ८ सय ७४ जनाले सेवा लिएका छन् । संकट व्यवस्थापन केन्द्रबाट दुई वर्षमा लैंगिक हिंसामा परेका चार सय ७ जनाले सेवा लिएको बताइएको छ ।

कोरोनाका बिरामीलाई आयुर्वेद प्रभावकारी

अस्पताल मातहतमा रहेको आयुर्वेद सेवातर्फ करारमा आयुर्वेदचिकित्सक नियुक्त गरेर सेवा प्रदान गरिएको अस्पतालका प्रमुख डा। पन्तले जनाए । आर्युवेद सेवाका लागि आयुर्वेदऔषधीहरु प्रभावकारी आपूर्तिको व्यवस्थापन मिलाईएको छौ,’ डा। पन्तले भने, पूर्वकम  स्टिम वाथ, आइल मसाज  कार्यक्रमको सुरुवात भइसकेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० का बिरामीहरुको व्यवस्थापनमा आयुर्वेदको प्रभावकारी प्रयोग गरिएको उनको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रयणका लागि अस्पतालले अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको अस्पतालले जनाएको छ । अस्पतालले आरडीटी र पीसीआर परिक्षणलाई प्रभावकारी बनाईएको छ डा  पन्तले भने, आइसोलेसन स्थापनापछि बिरामीहरुको उपचार र पीसीआर ल्याब स्थापनापछि व्यवस्थापनको काम अस्पतालले गरिरहेको छ ।

२ हजार ३ सय जनाले गरे स्वास्थ्य बिमा

स्वास्थ्य बीमा कार्यक्रमको सरुवात भएपछि दैलेखमा २ हजार ३ सय ५४ जनाले बीमा गरेका छन् । स्वास्थ्य बीमापछि एक सय ३१ जनाले अस्पतालबाट सेवा लिएका छन् । अस्पतालको अत्याधुनिक भवन बनाउने लक्ष लिएको डा। पन्तले जानकारी दिएका छन् । भवन निर्माण कार्यलाई अस्पतालले आगामी दिनको मुख्य कार्य योजनामा समेटेको छ । अत्याधुनिक भवन निर्माणको लागि ४१ करोडको डिपिआर तयार भईसकेको डा। पन्तले बताए । प्रदेश सरकारबाट तीन वर्षको बहुबर्षिय योजना पारित भएको छ, भवन निर्माण सुरुवात गर्न तीन करोड रुपैयाँ बिनियोजन भइसकेको छ,ु डा। पन्तले भने ।

अस्पताले कम्पीलिट इलोक्टोनिक मेडिकल रेकर्डर सिस्टम सुरुवात गर्ने, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बिस्तार गर्ने र अस्पतालमा बिशेषज्ञ सेवाको बिस्तार गर्ने लक्ष लिएको छ । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालय, दैलेख जिल्ला अस्पतालमा ७ जना बिशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गरेको छ । तर, चिकित्सक भने छैनन् । प्रदेश सरकारले ७ जना बिशेषज्ञ चिकित्सक, १४ जना चिकित्सक सहितको ६५ जनाको स्वीकृत गरेको थियो । साभार