Loading... आजः बुधबार, माघ ७, २०७७
Trending

माथिल्लो डोल्पामा खाद्य संकट


डोल्पा  :  माथिल्लो डोल्पामा खाद्य संकट परेको छ। आर्थिक वर्ष २०७६०७७ को ४५ सय क्विन्टल चामल ढुवानी नभएपछि भोकमरीको खतरा बढेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माथिल्लो डोल्पा तिन्जे डिपोको लागि ४५ सय क्विन्टल चामल ढुवानी नगरिदिएपछि माथिल्लो डोल्पाका तीनवटै स्थानीयतहमा भोकमरी पर्न थालेको भन्दै खाद्यान्न ढुवानी गरिदिन स्थानीयतहले आग्रह गरेका छन्।

तातोपानी वा केरुङ हुँदै चिनको तिब्बतबाट माथिल्लो डोल्पाको मरिम्ला र क्याटो नाका हुँदै तिन्जे डिपोसम्म खाद्यान्न ढुवानी गर्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणका कारण उक्त नाका नखुलेपछि खाद्यान्न संकट परेको हो। शे–फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अघिल्लो आर्थिक वर्षमा ४५ सय क्विन्टल चामल छुट्टयाए पनि अहिलेसम्म एक केजी चामल पनि ढुवानी नभएको डोल्पोबुद्ध गाउँपालिका वडा अध्यक्ष ग्याल्बोभोटे थापाले जानकारी दिए।

उनले उत्पादन नभएको र एक वर्षसम्म चामल ढुवानी नभएपछि भोकमरी खतारा रहेकोले तत्काल हेलीकप्टर वा पैदल जुनसुकै माध्यामबाट चामल ढुवानी गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पालाई गाउँपालिकाको आधिकारिक निर्णयसहित अनुरोध गरिएको बताए। अघिल्लो वर्ष रसुवाको केरुङ नाकाबाट माथिल्लो डोल्पाका लागि खाद्यान्न ढुवानी भए पनि यस वर्ष भने एक दाना पनि ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए।

प्रमुख पाण्डेको अनुसार तल्लो डोल्पाका लागि सबै डिपोमा खाद्यान्न बितरण भइरहेको छ तर माथिल्लो डोल्पाको चामल काठमाठौंबाटै ढुवानी हुने र छुट्टै ठेकेदारले ढुवानी गर्ने भएकोले जिल्लालाई ढुवानी भएनभएको जानकारी नआएको बताए।

error: Content is protected !!