Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुग्यो


काठमाडौँ  :  नेपालमा कोभिड–१९ का ९८० सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल १७ हजार २७ जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १० हजार २८२ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । संस्थागत आइसोलेसनमा नौहजार २०१ र होम आइसोलेसनमा सातहजार ८२६ रहेका छन् ।

प्रवक्ता डा गौतमले पछिल्लो चौबीस घण्टामा एकहजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६३ प्रतिशत पुगेको छ । हालसम्म २८ हजार ९४१ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन्