Loading... आजः आइतवार, साउन १०, २०७८
Trending

२४ घण्टामा ९ संक्रमितको ज्यान गयो 

काठमाडौं  : नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या २८० पुगेको हो। मन्त्रालयका अनुसार शुक्रबार निधन हुनेमध्ये तीन महिला छन् ।

मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको निधन भएको हो । त्यसैगरी काठमाडौंका तीनसहित अन्य ६ पुरुषको निधन भएको छ । काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । त्यसैगरी पर्साका ७५, महोत्तरीका ७८ र रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाकै कारणा मृत्यु भएको छ

error: Content is protected !!