Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

राष्ट्रिय बाणिज्य बैँकको सुर्खेतको शाखा एक हप्ता बन्द


सुर्खेत  :  राष्ट्रिय वाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएपछि सुर्खेत शाखामा एक हप्ताका लागि सेवा बन्द गरिएको छ । शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएपछि एक हप्ताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए ।

उनका अनुसार ‘पुष्टी भएका ती कर्मचारी आइसोलेसनमा बसेका छन् ।पाचदिनपछि बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परीक्षण गर्ने र रिपोर्ट आएपछि मात्र सेवा सुचारु गर्ने उनले बताए ।

error: Content is protected !!