Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

भैरवी गाउँपालिकाको प्रमुख प्रकाशकीय अधिकृतमा पंगाली हाजीर


दैलेख : भैरवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भलाराम पंगाली हाजीर भएका छन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पंगालीलाई भदौ ५ गते स्थानीय सरकार संचालन एने २०७४ को दफा ८४ को उपदफा ४को अधिनमा रहि कामकाज गर्न खटाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गाउँपालिकामा हाजीर हुदै गाउँपालिकाको बसाई अवधीभर गाउँपालिकाको विकास,समृद्धि र शुशासनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर केही गर्न नसक्ने भन्दै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कार्यपालिका  सदस्य र कर्मचारी सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने सबैको  योगदान र त्याग बाट बाट गाउँपालिकाले लिएको लक्ष्यमा पुग्न सक्ने भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले गाउँपालिकाले लामो अनभुव बटुलेका प्रमुख प्रशासकीय अधिकृत पाएको भन्दै गाउँपालिकामा   गर्ने कामहरु  नीति नियम र पद्धति भन्दा बाहीर नजाने बताए ।

error: Content is protected !!