Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

दैलेखमा ४ महीनामा २३ जनाले गरे आत्महत्या


दैलेख  : कोरोनाका त्रासका कारण भारतबाट फर्किएका दैलेखका एक युवकले झुण्डिएर आत्महत्या गरे । दुल्लु नगरपालिका–१० गमौडीकी ती युवक जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आईपुगेको थिए । भारतबाट फर्र्किएका ती युवक १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो । आत्महत्या पछि स्वाब संकलन गरी गरिएको पीसीआर परिक्षणमा ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो ।
यो प्रतिनीधिमुलक घटना मात्रै हो । कोरोना भाइरस ९कोभिड–१९० महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्याले आफ्नै हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार लकडाउनको अवधिमा २३ जनाले आत्महत्या गरेको तथ्यांक छ । २०७६ चैत ११ बाट शुरू भएको लकडाउन २०७७ साउन ७ गते अन्त्य भएको थियो । यो अवधीमा दैलेख कोरोनाबाट जम्मा ३ जनाको मृत्यु भएको थियो ।

आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि छन् । घरेलु हिंसा, मानसिक तनाब, आर्थिक अभाव लगाएतका कारण आत्महत्या गर्ने गरेको पाईएको छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले समेत आत्महत्या गरेको दैलेख प्रहरीले जनाएको छ । आत्महत्या रोक्न जिल्ला प्रहरी कार्यालय दैलेखले ठोस कदम चाल्ने जनाएको छ । आत्महत्या रोक्न विशेष कार्ययोजना बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन योजना प्रहरीको छ ।