विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण
दैलेख : नारायण नगरपालिका वडा नः ११ मा रहेका अति विपन्न तथा टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दलित जनवकालत संजाल नारायण नगरपालिका वडा न ः ११ को आर्थिक सहयोगमा २५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वडामा रहेका अति विपन्न,गरिव,र टुहुरा भएका बालबालिकाहरुको तथ्याङक खोजेर उनीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ ।
दलित जनवकालत संजाल को आयोजनामा संजाल कार्यवहाक अध्यक्ष रबि तिरूवा को अध्यक्षतामा भएको कार्यक्रममा रैनादेवी माध्यमिक विद्यालयका प्रधानध्यापक सन्त बहादुर खड्का,वडाभैरव आधारभुत विद्यालयका प्रधानध्यापक मनसरा थापामगर,रैनादेवी आधारभुत विद्यालयका प्रधानध्यापक मान बहादुर कटुवाल रामगगन प्रथामिक विद्यालयका प्रधानध्यापक लोकेन्द्र शाीको रोहवरमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैक्षिक समाग्री वितरण कार्यक्रममा नारायण नगर कार्यपालिका सदस्य मान कुमारी सुनारले वडामा रहेका अति विपन्न,गरिव,र टुहुरा बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण गर्ने संजाललाई धन्यबाद दिदै आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रमहरु संचालन गर्नु पर्ने बताई । उनले हाम्रो सानो सहयोगकै कारण बालबालिकाको भविष्य निर्माण हुन सक्ने भन्दै सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बताईन । नारायण नगरपालिका वा अन्य कुनै निकाय बाट उनीहरुलाई शैक्षिक सामग्रीका लागि आफु लागि पर्ने बताईन ।