Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विप्लव समूहका जिल्ला सदस्य पक्राउ

दैलेख  :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दैलेख जिल्ला सदस्य पक्राउ परेका छन् । दैलेखका सदस्य उदय विक (सुदर्शन) लाई प्रहरीले पक्राउ गरेको हो । अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष समेत रहेका विकलाई प्रहरीले आठबीस नगरपालिका–६ सिंगासैनस्थित घरबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट खटिएको प्रहरीको टोलीले विकलाई आइतबार बिहान घरबाटै पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याइएको प्रहरीले जनाएको छ । दैलेखका डिएसपी हरिबहादुर ओलीका अनुसार पक्राउपछि थप अनुसन्धान थालिएको छ ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज दिपेन्द्रले घटनाको विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दैै गैरन्यायीक तरिकाले पक्राउ गरिएको घटनामा विरोध जनाएका छन् । विज्ञप्तिमा सदस्य विकलाई बिना शर्त रिहाइ गर्न माग गरिएको छ ।