Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

३० जना प्रहरीसहित बाँकेमा थप ४८ जनालाई कोरोना पुष्टि


नेपालगञ्ज :  बाँकेमा एकैपटक ठूलो संख्यामा प्रहरीलाई कोरोना पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक विवरणमा ३० जना प्रहरीसहित ४८ जना संक्रमित थपिएका छन्। कोरोना पुष्टि भएका सबैजसो प्रहरी वडा प्रहरी कार्यालय, नेपालगञ्जका हुन्। वडा प्रहरी कार्यालयका २९ जना र एकजना बागेश्वरी मन्दिरमा ड्यूटीमा रहेका प्रहरीलाई कोरोना भएको बाँके प्रहरीले जनाएको छ।

केही दिनअघि वडा प्रहरी कार्यालयबाट ४७ जना प्रहरीको स्वाव लिइएको थियो। त्यसअघि नै वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भएपछि कार्यालय सील गरिएको थियो। भेरी अस्पतालमा ४८ जना बाँकेका र दाङका तीन जनामा कोरोना पुष्टि भएको हो। कोरोना संक्रमितको संख्या दैनिक बढिरहेपछि स्थानीय प्रशासनले गए रातीदेखि नै नेपालगञ्जको सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोकको पूर्वी क्षेत्रलाई सील गरेको छ।

विभिन्न काँडेतारले बाटो छेकेर नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएका छन्। गत शनिबारदेखि बाँके जिल्लामा निषेधाज्ञा जारी रहेको छ।