Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

सस्थापक सचिव स्वर्गिय शर्माको नाममा अक्षय कोष स्थापना


सुर्खेत :  सदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको पहिलो साधारण सभाले संस्थाका संस्थापक सचिव स्व : डिलप्रसाद शर्माको नाममा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा बसेको साधारण सभाले डिल स्मृति पत्रकारिता पुरस्कार’ वितरण गर्न २ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको संस्थाका सचिव सिताकुमारी वलीले जानकारी दिइन् ।

‘२०७६ कात्तिक २८ गते बोनम्यारो रोगबाट मृत्युवरण गर्न पुगेका संस्थापक सचिवज्यूको सम्झनामा संसदीय बिटमा पत्रकारिता गर्ने २ जनालाई पुरस्कार वितरण गर्ने योजनाका साथ हामीले यो अक्षय कोष स्थापना गरेको सस्थाका अध्यक्ष शेर बहादुर थापाले बताए । उनले त्यसका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्न, अक्षय कोष स्थापना गर्न, सञ्चालन गर्न र व्यवस्थापन गर्न उपाध्यक्ष देवबहादुर रानाको संयोजकत्वमा एक समिति निर्माण गरेको बताए ।

बैठकले साधारण सभामार्फत समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा शेरबहादुर थापालाई निरन्तरता दिइएको छ भने उपाध्यक्षमा देवबहादुर राना, सचिवमा सिताकुमारी वली, सहसचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा यज्ञ खत्री, सदस्यमा यसकुमार चपाई, सिता आचार्य, बसन्त भण्डारी र रमा केसी निर्विरोध चयन भएका छन्