Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

न्यायधिसमा पनि कोरोना पुष्टि

सप्तरी :  सप्तरीको राजविराजमा एक जना न्यायाधीशसमेत कोरोना संक्रमित पाइएका छन्। उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमणको पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले न्यायाधीश पनि संक्रमित भएको पुष्टि गरेका छन्।

यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुख ४३ वर्षीय सहसचिवमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो। आइतबार तिरहुत गाउँपालिका– २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए। यसअघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका एक बिरामीमा कोरोना पुष्टि भएपछि १४ कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालसमेत सिल गरिएको छ। राजविराज नगरपालिकामा तीन दिनदेखि निषेधाज्ञा जारी छ। बजार सुनसान छ । सर्वसधारण त्रसित बनेका छन्।