Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

हुम्लामा हवाई मार्गबाट पैसा पुर्‍याइयो पैसा

सिमकोट :  जिल्लामा पैसाको अभाव भएका बेला हवाई मार्गबाट पैसा पुर्‍याइएको छ। राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले नेपाल राष्ट्रसँग माग गरेको केही दिन भित्र जिल्लामा पैसा आई पुगेको हो। पैसाको अभाब भएका बेला हुम्ला जिल्लामा बीस करोड पैसा आइपुगेको छ। आर्थिक वर्षको समाप्ती संगै बैंकहरुमा पैसाको अभाब भएका बेला राष्ट्र बैंक नेपालगंजबाट पैसा आइपुगेको हो।

बैंकमा पैसाको अभाब हुन थालेको पाँच पछि राष्ट्र बैंक नेपालगंजबाट बुधवार पैसा हवाई मार्गबाट आई पुगेको राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाकी प्रबन्धक सबिता शाहीले बताइन्। आर्थिक वर्षको अन्त भएको कारण बिभिन्न बिकासे योजनाको भुक्तानी धेरै दिनु पर्दा बैंकमा पैसाको अभाव भएको थियो। जिल्लाको माग अनुसार राष्ट्र बैंक नेपालगञ्‍जले बीस करोड पठाए पछि अब पैसाको समस्या समधान हुने भएको छ।