Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

फौजिकिरा सँगै दैलेखमा पुग्यो सलह,किसान चिन्तित


दैलेखः दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्र तर्फ सलहको ठुलो झुन्ड प्रवेश गरेको छ । शनिवार दिउँसो सुर्खेतको रानिमत्ता देखिएको सलहको झुन्ड साँझ शनिवार दैलेखको आकाशमा देखिएको थियो । दैलेखको पश्चिम क्षेत्र दुल्लु नगरपालिकाको वडा नः ११ कालभैरव र जाहरकोटमा बसेको सलहको झुन्डलाई स्थानीय थाल बजाएर आगोको धुवाँले भगाएका छन् ।

साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र डुगेश्वर गाउँपालिकाका र नौमुलेका किसान चिन्तित बनेका छन् । कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले दैलेखमा सलहको प्रकोप बढ्ने बारेमा कृषि विकास कार्यालय दैलेखले जिल्लाभर स्थानीय सञ्चार माध्याममार्फत सूचना प्रवाह गरेको बताए । उनले आकाशमा सलह देख्नासाथ किसानहरूले खेतबारीमा गएर भाँडा ठटाएर र आगो बालेर धुवाँ निकालेर सलह भगाउन थालेको आफूलाई खबर प्राप्त भएको जानकारी दिए ।

दुल्लु नगरपालिका वडा ११ कालभैरवका किसान कृष्ण बहादुर थापाले सलहको झुन्ड देखिन बित्तिकै बारीमा गएर थाली बजाएको बताए । उउले पहिलो मकै बालीमा अमेरिकन फौजी किराले खाएको र अहिले पुन सलह आएपछि आफूहरू समस्यामा परेको बताए । सलह र अमेरिकन फौजी किरा र सलह किरालाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सूचना प्रवाह गरेसँगै जिल्ला विभिन्न भूभागका किसानलाई सहज भएको किसानले बताएका छन् । कृषि विकास कार्यालय दैलेखले अमेरिकन फौजी किरा नियन्त्रणका लागि किसानको खेतबारीमा नै गएर आवश्यक औषधी र र त्यसको नियन्त्रणका लागि प्रयास गरेको जानकारी दिएको छ ।

error: Content is protected !!